गृहपृष्ठ कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

nepali_congress

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा प्रतिनिधसभा विघटनविरूद्ध विरोध प्रदर्शन गर्दैछ । पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।

पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई यसअघिनै आह्वान गरिसकेका छन् । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको थियो ।

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु