गृहपृष्ठ पार्टीले वैधानिक रुपमै ओलीलाई अध्यक्षबाट हटाएको हो : प्रचण्ड

पार्टीले वैधानिक रुपमै ओलीलाई अध्यक्षबाट हटाएको हो : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैधानिक रुपमै पार्टीले अध्यक्षबाट ओलीलाई हटाएको बताएका छन् । दुई तिहाई बहुमतबाट मात्रै‌ पार्टीको विधान संशोधन गर्न सकिने प्रावधान भए पनि ओलीले लाजै नमानेर निर्वाचन आयोगमा पार्टीको वैधानिकता दावी गरेको प्रचण्डले बताए ।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ (दाहाल-नेपाल) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि आफूहरु आक्रामक हुनुपर्ने बाध्यता आएको उल्लेख गरे । पछिल्लो अवस्था हेर्दा जतिसक्दो छिटो संसद विघटनविरुद्धको विरोध कार्यक्रमलाई व्यापक रुपमा अघिबढाउनु पर्ने अवस्था आएको उनको भनाइ छ ।

ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको प्रचण्डले तर्क गरे । ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। हाम्रो पार्टीले बनाएको हो । जनताले बनाउने भए त २७५ जना नै प्रधानमन्त्री हुन्थे । जनताबाट त २७५ जना निर्वाचित भएका हुन्,’ प्रचण्डले भने । पार्टीको सल्लाहअनुसार ओली नचलेकै कारण समस्या आएको पनि उनले दाबी गरे ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु