गृहपृष्ठ नेकपा विभाजनलाई दिएन निर्वाचन आयोगले मान्यता
नेकपा विभाजनलाई दिएन निर्वाचन आयोगले मान्यता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने निर्णय गरेको छ । ओली समूह र प्रचण्ड-माधव दुवै पक्षको मागदावी नपुगेको भन्दै विभाजनको मान्यता नदिने निर्णय गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको मागदावीअनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन नसक्ने हुँदा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।
प्रकाशित समय २१:५१ बजे

















