गृहपृष्ठ नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु
नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । त्यसअघि आजै स्थायी समितिको बैठक बसेको थियो ।
बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने बताइएको छ । यसअघि सो समूहको केन्द्रीय कमिटी बैठक गत पुस ७ देखि ९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत नै पार्टीको निर्णय गर्दै आएको थियो ।
प्रतिनिधिसभा विघटनपछि आन्दोलित बनेको नेकपा प्रचण्ड-नेपाल पक्षले संसद पुनर्स्थापनाको माग राख्दै चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ । यसअघि नै बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोध सभा गरिसकेको छ ।
प्रकाशित समय १५:०४ बजे

















