गृहपृष्ठ हिरासतबाट झाँक्रीले भनिन्- साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो

हिरासतबाट झाँक्रीले भनिन्- साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेताकार्यकर्तालाई आग्रह गरेकी छन् । मिनभवनस्थित महानगरीय अपराध महाशाखाको हिरासतमा रहेकी उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् ।

केही दिनअघि गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी झाँक्रीलाई पक्राऊ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अनेम संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्रसमेत बुझाएका थिए । प्रहरीले नेतृ झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु