गृहपृष्ठ रिहा भइन् रामकुमारी झाँक्री

रिहा भइन् रामकुमारी झाँक्री

बिहीबार दिउँसो १ बजे शंखमुलस्थित निवासबाटै पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । चाैतर्फी दबाबपछि उनलाई प्रहरीले साँझ विनाशर्त रिहा गरेको हो ।

प्रहरीले झाँक्रीलाई ‘राज्यविरुद्धको कसूर’को अभियोग लगाएको थियो । उनको पक्राउविरूद्ध बिहीबार नै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटसमेट दायर भइसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेर मिनभवनस्थित महागरीय अपराध महाशाखामा दिनभर राखेको थियो । नेतृ झाँक्रीले केही दिनअघि गोरखाको एक कार्यक्रममा बोल्दै राष्ट्रपतिवरूद्ध चर्को अभिव्यक्ति दिएकी थिइन् ।

झाँक्रीको रिहाइपछि कार्यकर्ताले‍ उनको पक्षमा नारा लगाएका थिए । उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिगमन झुक्ने प्रक्रिया सुरू भइसकेको प्रतिक्रिया दिइन् । उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु