गृहपृष्ठ राष्ट्रिय सभाको विशेष समय : बलात्कारीलाई कारवाही देखि आन्दोलनका घाइतेसम्मका विषय

राष्ट्रिय सभाको विशेष समय : बलात्कारीलाई कारवाही देखि आन्दोलनका घाइतेसम्मका विषय

parliament-newskarobar

 

बलात्कारका घटनामा वृद्धि भएसँगै त्यसको सर्वत्र चर्चा र आलोचना हुने गरेको छ । सबैजसोले बलात्कारीलाई कडा भन्दा कडा सजायसहितको कानुनी व्यवस्था गर्न आग्रह गर्दै आएका पनि छन् ।

मंगलबाको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर सांसदहरुले बलात्कारका घटनाका दोषीलाई कडा कारवाही हुनुपर्नेमा जोड दिए । उनीहरुले पछिल्लो समय देशभर बढ्दै गएको बलात्कारका घटनाका दोषीमाथि कारवाही नभएको भन्दै चिन्ता व्यक्त गरे ।

विशेष समयमा बोल्ने सांसदहरुले विद्यमान कानुनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । सांसदले थप कडा कानुन बनाई त्यस्ता प्रकृतिका अपराध गर्नेहरुलाई राज्यले कानुनी दण्डको भय सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले शान्ति सुरक्षामा व्यवधान खडा भएको उल्लेख गरिन् । उनले बलात्कारजन्य घटनाका कारण महिलाको बाँच्न पाउने अधिकारको सरक्षा गर्न त्यस्ता प्रकृतिका मुद्दालाई छिटो निरुपण गर्न सरकारको ध्यानाकर्षण गराइन् । त्यसैगरी अर्का सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानुनी कारवाही गर्न सरकारलाई अग्रह गरे ।

सांसद सिंहबहादुर विश्वकर्माले पछिल्लो समयमा प्रदर्शन भएको एक चलचित्रमा वादी समुदायको इज्जत र प्रतिष्ठामा आँच आउने विषयवस्तु उठान गरिएकाले त्यस्ता चलचित्र प्रदर्शनीमा रोक लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए । त्यस्तै राजकुमार कुँवरले विभिन्न आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग भई उपचारविहीनलाई औषधोपचार तथा आर्थिक सहायताका लागि राज्यले विषेश ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद विन्दादेवी आलेले विभिन्न क्षेत्रमा लगाइएको करले जनतालाई थप पीडाबोध गराएको भन्दै संघीय संरचनमा स्थानीय सरकारले कर उठाउन पाउने व्यवस्था भए पनि मनलाग्दो कर जथाभावी उठाउन नपाइने बताइन् ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु