गृहपृष्ठ बलियो संघीयताका लागि अधिकारसम्पन्न प्रदेश : उपप्रधानमन्त्री यादव

बलियो संघीयताका लागि अधिकारसम्पन्न प्रदेश : उपप्रधानमन्त्री यादव

upendra-yadav-newskarobar शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । तस्बीर : न्युज काराेबार

 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बलियो संघीयताका लागि अधिकारसम्पन्न प्रदेश आवश्यक भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग यादवले प्रादेशिक अधिकारहरु प्रदेशलाईनै नदिएसम्म संघीयता बलियो नहुने बताएका हुन् ।

उनले संघीयता बलियो नभए आर्थिक समृद्धि र स्थिरतासमेत नहुने उनको दावी थियो । बलियो संघीयताका लागि संविधानमा रहेका त्रुटीहरु सच्च्याएर अघि बढ्नुपर्ने बताए । यसअघि उनी नेतृत्वको संघीय समाजवादी फोरम नेपालले नेपालको संविधानप्रति असहमति जनाउँदै संविधानको पूनर्लेखन गर्नुपर्ने बताउँदै आएको थियो ।

यादवले मुलुक अब केन्द्रीकृत, एकात्मक र गैर लोकतान्त्रिक प्रणालीमा फर्कने सम्भावना नरहेको बताए । केहि परम्परागत सोच भएका र केन्द्रीकृत प्रणालीमा हालीमुहाली गरेकाहरु मुलुकलाई त्यतैतिर धकेल्ने प्रयास गरिरहेको उनको दावी थियो ।

पछिल्लो समय करको विषयलाई लिएर सरकारको व्यापक आलोचना भइरहेका बेला उपप्रधानमन्त्री यादवले कर संकलन प्रणाली विस्तारै समाधान हुने बताए । कर संकलन प्रणालीलाई उचित व्यवस्थापन गर्न नसकिएकाले समस्या आएको बताउँदै विस्तारै व्यवस्थापन गर्ने दावी गरे ।

स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले भविष्यमा नेपाल चिकित्सा र मेडिकल हबको रुपमा विकास हुने प्रशस्त सम्भावना रहेकाले दक्ष चिकित्सक र हेल्थ वर्कफोर्स उत्पादन गर्नेगरी चिकित्सा शिक्षा अध्ययनलाई अगाडि बढाउने गरि काम भइरहेको जानकारी दिए ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु