गृहपृष्ठ मुलुक समृद्धिको दिशामा अघि बढ्यो : प्रभु साह

मुलुक समृद्धिको दिशामा अघि बढ्यो : प्रभु साह

prabhu-sah-newskarobar फाइल तस्बिर

 

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रभु साहले मुलुक समृद्धिको दिशामा अघि बढेको बताएका छन् । काठमाडौंमा नेपालीपन साप्ताहिकको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता साहले नेकपाको नेतृत्वमा मुलुकले समृद्धिमा पुग्ने लक्ष्य हासिल गर्ने उल्लेख गरे ।

मुलुक नयाँ युगतर्फ अघि बढेको उल्लेख गर्दै नेता साहले नेपाली पत्रकारिता पनि त्यही दिशातर्फ जानुपर्ने बताए । ‘हिजो राजनीतिक खिचातानी थियो, तर अहिले त्यस्तो छैन,’ मन्त्री साहले भने, ‘अब देश आर्थिक समृद्धिको दिशातर्फ लागेको छ ।’

समृद्धिको एजेण्डा नेकपा र सरकारको मात्र नभई सबैको हुनुपर्नेमा उनले जोड दिए । यो एजेण्डामा नेपाली जनता, राजनीतिक दल तथा पत्रकारहरु पनि लाग्नुपर्ने उनको भनाई थियो । तत्कालिन नेकपा माओवादीले उठाएको गणतन्त्र, संघीयता जस्ता एजेण्डामा सबै गोलबन्द भएपछि त्यो सम्भव भएको उल्लेख गर्दै नेता साहले समृद्धिको एजेण्डामा पनि सबै गोलबन्द भएमा त्यो प्राप्त गर्न सकिने बताए । समृद्धिलाई मजाकको विषय बनाउन नहुने उनको भनाई थियो ।

प्रकाशित समय २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु