गृहपृष्ठ बिमस्टेक राष्ट्रका प्रमुखहरुलाई प्रधानमन्त्री ओलीले गरे स्वागत

बिमस्टेक राष्ट्रका प्रमुखहरुलाई प्रधानमन्त्री ओलीले गरे स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरुलाई स्वागत गरेका छन् । आजदेखि काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरेकोमा ट्वीटमार्फत प्रधानमन्त्रीले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु