गृहपृष्ठ प्रधानन्यायधीशमा अस्वीकृत जोशीले अस्पताल बन्द नगर्न दिए आदेश
प्रधानन्यायधीशमा अस्वीकृत जोशीले अस्पताल बन्द नगर्न दिए आदेश
सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्ताल नगर्न चिकित्सकहरुलाई आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहिबार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्न चिकित्सक संघलाई आदेश दिएको हो ।
प्रधानन्यायाधीशमा अस्वकीृत भएर काममा फर्किएका जोशीले अर्को आदेश नभएसम्म अस्पताल बन्द हड्ताल नगर्न चिकित्सक संघको नाममा आदेश जारी गरेका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि बिदामा बसेका जोशी प्रधानन्यायधीशमा ओमप्रकाश मिश्र नियुक्त भएपछि काममा फर्किएका थिए ।
संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सक संघले देशभरका अस्पताल ठप्प पारेका थिए । चिकित्सको आन्दोलनले बिरामी मारामा परेको भन्दै संघको आलोचना समेत भएको थियो ।
प्रकाशित समय ०८:१० बजे

















