गृहपृष्ठ मौलिक हकसम्बन्धी चार विधेयक पारित
मौलिक हकसम्बन्धी चार विधेयक पारित
प्रतिनिधिसभाको शनिबारको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ । बैठकले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन विधेयक २०७५, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ पारित गरेको हो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक पारित गरियोस् भन्ने प्रस्ताव छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेका थिए ।
यसअघि, विधेयकमाथि सांसदले राखेका जिज्ञासाको सम्बन्धित मन्त्रीले जवाफ दिँदै विधेयक पारित गरेर सहयोग पुर्याउन आग्रह गरेका थिए ।
प्रकाशित समय १७:५६ बजे