गृहपृष्ठ मुख्यमन्त्री पोखरेलको निर्देशन : सार्वजनिक सम्पत्ति बाढ्ने काम बन्द गर्नु
मुख्यमन्त्री पोखरेलको निर्देशन : सार्वजनिक सम्पत्ति बाढ्ने काम बन्द गर्नु
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को प्रथम भेला बुटवलमा सुरु
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक सम्पति बाढ्ने काम तत्काल बन्द गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् । पछिल्लो समय स्थानीय तहले सार्वजनिक सम्पत्ति विभिन्न संघ संस्थालाई बाढ्ने होडबाजी चलेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । नगरपालिका, गाउँपालिकाहरुले आफ्नो मातहतमा रहेका सार्वजनिक सम्पत्ती संघ संस्थालाई बढ्ने होडबाजि चलेको समाचार आएपछि मुख्यमन्त्री पोखरेलले चासो दिएका हुन् ।
गाउपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर ५ को प्रथम भेलालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्ने मात्रै अधिकार स्थानीय तहलाई भएको भन्दै जग्गा बाड्ने अधिकार नभएकाले उक्त कार्य बन्द गर्न नगरपालिका र गाउँपालिकालाई निर्देशन दिए । उनले भने, ‘संविधानले स्थानीय तहलाई सार्वजनिक जग्गा बाड्ने अधिकार दिएको छैन, त्यो केन्द्रको मातहतको कुरा हो, सम्पत्ति बाढ्ने होडवाजी बन्द गर्नुस् ।’
स्थानिय तहमा अहिले पनि भौतिक संरचना र प्रशासनिक परिपाटीमा जटिलाता रहेको भन्दै उनले प्रशासनिक संयन्त्र केन्द्र सरकारको रहेको कारण केन्द्रबाट माग गरिएको र भौतिक संरचनाको लागि स्रोत जुटाउने कार्य भईरहेको भन्दै यसमा केही समय धैय गर्न आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले भौतिक संरचन निर्माणको लागि पहिलाको गाविसस्तरको मानसिकता त्याग्न समेत सबैलाई आग्रह गरे । अवको कम्तीमा पनि २० देखि २५ बर्ष सम्मको लागि आवश्कता पूरा गर्ने गरी स्थानीय तहरुको भौतिक संरचना निर्माण गर्नु आवश्यक रहेको उनको तर्के थियो । त्यसको लागि स्रोत जुटाउने कार्य मुख्य रहेको भन्दै यसमा सबैको साथ रहेमा पूरा हुने दाबी गरे ।
अहिले प्रदेश सरकार नै चाहिदैन की भन्ने कुरा केही राजनीतक दलका व्याक्तिहरुले उठाएको भन्दै मुख्य मन्त्री पोखरेलले प्रदेश संरचना नरहनु भनेको संघीयता नै नरहनु भएको बताउदै प्रदेश सरकारले करको विषयमा गम्भिर रहेको बताए ।
मुख्यमन्त्री संविधानले प्रदान गरेको ४ वटा कर मात्रै प्रदेश सरकारले लिन पाउने व्यवस्था भएकामा ३ प्रकारका कर प्रदेश नम्बर ५ सरकारले गाउँपालिकालाई नै दिएको बताउँदै प्रदेश सरकार जसले कर नै लिएको छैनन् , त्यसलाई प्रहार गर्नुको कुनै तुक नभएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँणले संघीय गणतन्त्रलाई बोझको रुपमा लिन नहुने बताए । संघीयता सफल बनाउनु सबैको दायित्व भएको भन्दै नेता खाँणले संघीयता असफल भएमा कोही पनि सफल नहुने भन्दै यसमा ध्यान दिन आग्रह गरे ।
महासंघका अध्यक्ष तथा गुल्मी छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले स्थानीय तह, प्रदेश सरकार र केन्द्रबीचको साझा अधिकार लगायतका विषयभा साझा एजेन्डा तय गरि अगाडी बढ्नु पर्ने बताए । अहिले तर्दथ समितिको रुपमा रहेको गाउँपालिका महासंघ प्रदेश ५ नयाँ नेतृत्व समेत गठन गर्ने गरि भेला अयोाजना गरिएको उनले जानकारी दिए ।
उनका अनुसार ७३ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख र वडा स्तरबाट वडाअध्यक्ष र एक जना सदस्य गरि प्रत्येक गाउँपालिकाबाट ४ जनाको प्रतिनिधित्व भेलामा रहेको छ । कुल २ सय ९२ जना जनप्रतिनिधिहरुको जमघट बुटवलमा रहेको छ । भेला मंगलबारसम्म चल्ने छ ।
प्रकाशित समय १७:०१ बजे

















