गृहपृष्ठ अनेरास्ववियुले माग्यो आइजीपी खनालको राजीनामा
अनेरास्ववियुले माग्यो आइजीपी खनालको राजीनामा
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । जनताको सुरक्षामा प्रहरीलाई परिचालन गर्न नसकेको भन्दै अनेरास्ववियुले राजीनामा माग गरेको हो ।
गृहमन्त्री रामबहादुर थापालाई अनेरास्ववियुका नेताहरुले भेटेर ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुख खनालको राजीनामा माग गरेका हुन् । निर्मला हत्या काण्डका दोषीलाई कारबाही गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

प्रकाशित समय १३:१८ बजे

















