गृहपृष्ठ जनताले दिएको अवसरलाई गुम्न दिन्न : प्रधानमन्त्री

जनताले दिएको अवसरलाई गुम्न दिन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । वडा दसैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले महत्व दिएको उल्लेख गर्दै विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अघि बढाउन जनताले दिएको अवसरलाई गुम्ननदिने प्रतिवद्धता जनाएका छन् । ‘देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक आर्थिक रुपान्तरणको बाटो मालम्किसकेको छ’ प्रधानमन्त्रीओलीले शुभकामना सन्देश भनेका छन्, ‘देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमातीव्र गतिका साथ अग्रसर गराउन जनताले दिएको अभिभारा हामीले शिरोपर गरेका छौं । यस ऐतिहासिकअवसरलाई कुनै पनि हालतमा गुम्न दिइदैन ।’

प्रधानमन्त्रीओलीले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन् । देशमा काम गर्न सक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता नै देशको समृद्धिको एउटा प्रमुख आधार भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

नेपाली रोजगारीका लागि विदेशी भूमिको समृद्धिका लागि अहोरात्र खट्नु पर्ने अवस्थाको अन्त्य गर्दै स्वदेश मै आकर्षक रोजगारीको व्यवस्थागरेर देशलाई समृद्ध बनाउन सरकार प्रयत्नशिल रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित समय ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु