गृहपृष्ठ कांग्रेसको बलियो अस्तित्व छ- महामन्त्री कोइराला
कांग्रेसको बलियो अस्तित्व छ- महामन्त्री कोइराला
फाइल तस्बिर
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले सो कुरा बताएका हुन् । पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा उनको जोड थियो । उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए ।
सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । उनले सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।
नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली कांग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे । रासस ।
प्रकाशित समय १५:४६ बजे

















