गृहपृष्ठ केशव स्थापितलाई बर्खास्त गरेका मुख्यमन्त्री भन्छन्– मनलाग्दी गर्न दिन्नँ
केशव स्थापितलाई बर्खास्त गरेका मुख्यमन्त्री भन्छन्– मनलाग्दी गर्न दिन्नँ
फाइल तस्बिर
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने बताएका छन् । हालैमात्र भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका मन्त्री पौडेलले मनलाग्दी गर्ने जो कोहीप्रति शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न उनले सबैलाई आह्वान पनि गरे ।
प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धी गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको दाबी गरे ।
विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । उनले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने बाचा गरे ।
प्रकाशित समय १४:२२ बजे

















