गृहपृष्ठ कोइराला परिवारसँग कुनै विवाद छैन : सभापति देउवा

कोइराला परिवारसँग कुनै विवाद छैन : सभापति देउवा

नेपाली कांग्रसेका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई संगठित बनाउन थप मद्दत पुग्ने बताए ।

कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी संगठन विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । ‘कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको छ,’ सभापति देउवाले भने, ‘मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहनेछ ।’

तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै उनले त्यसपछि कांग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गरे । सभापति देउवाले पार्टीलाई संगठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताए । सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गरे । (रासस)

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु