गृहपृष्ठ वाइडबडी खरिद प्रकरण : ६ अर्ब ५९ करोड घोटाला, कमिशन पनि गायब !

वाइडबडी खरिद प्रकरण : ६ अर्ब ५९ करोड घोटाला, कमिशन पनि गायब !

फाइल तस्बिर

संसदको सार्वजनिक लेखा समितिले दुईवटा वाइडबडी जहाज खरिद दर्गा घोटला भएको निष्कर्ष निकालेको छ । आइतबार बसेको समिति बैठकमा सभापति भरत साहले जहाज खरिदमा घोटाला मात्र नभइ क्रेताले पाउने कमिशन पनि गायब भएको दाबी गरे ।

उनले २४ अर्बको जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको बताए । ‘व्यवसायीका अनुसार जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत कमिशन क्रेतालाई दिने गर्छन् भनिन्छ तर २४ अर्बको खरिदमा निगमलाई आउनुपर्ने कमिशन २ अर्ब ४० करोड करोड कता गयो ?’ उनले प्रश्न गरे ।

समितिले यसबारे सरकारसँग जवाफ मागेको छ । समितिले खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट भएको छानबिनमाथि पनि प्रश्न उठाएको छ । मन्त्रालयले गरेको छानबिन निष्पक्ष नहरहेको समितिले ठहर गरेको छ । सममिति सो विषयमा पर्यटन सचिवसँग पनि जवाफ माग गरेको छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु