गृहपृष्ठ नेकपाका प्रवक्ताको स्वीकारोक्ति : पार्टीमा गुटको राजनीति मौलायो

नेकपाका प्रवक्ताको स्वीकारोक्ति : पार्टीमा गुटको राजनीति मौलायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइनसकेको बताएका छन् । उनले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्दै परिणमामुखी काम गर्न भने जरुरी रहेको बताए ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा श्रेष्ठले सरकारको कामको मूल्याङन गर्ने भन्दा पनि कामको समीक्षा गर्न आवश्य रहेको बताए । उनले नेकपा भित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनिति मैलाएको बताए ।

पार्टीलाई गुटरहित बनाउन आवश्यक रहेकोमा जोड दिँदै श्रेष्ठले पार्टीभित्र वैचारिक छलफल र अन्तरसंघर्ष बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका अपराधीलाई अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको बताए । घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन सरकार लागि परेको उनको भनाई थियो ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु