गृहपृष्ठ अन्तर प्रदेश परिषदको बैठक आज, सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

अन्तर प्रदेश परिषदको बैठक आज, सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

अन्तर प्रदेश परिषदको बैठक आइतबार बस्दैछ । बैठकमा भागथ लिन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् । प्रदेश र संघबीच देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

केन्द्र र प्रदेश दुबै तहको सरकारबीच समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश समन्वय परिषद्को व्यवस्था गरिएको छ । बैठकमा प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारवाहीको समीक्षा समेत गरिने छ ।

तर केन्द्र सरकार र प्रदेशबीच असमझदारी बढ्नुका साथै एक अर्काबीच आरोप प्रत्यारोप चलिरहँदा पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो । संघ र प्रदेशबीच आइपर्ने समस्या समाधानका लागि संविधानमा अन्तरप्रदेश समन्वय परिषद्को व्यवस्था छ ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु