गृहपृष्ठ अन्तर प्रदेश परिषदको बैठक सुरु

अन्तर प्रदेश परिषदको बैठक सुरु

अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी भएका छन् ।

बैठकमा प्रदेश सरकारले अहिलेसम्म गरेका काम कारवाहीको समीक्षा, प्रदेश र संघबीच देखिएको विवादका विषयमा छलफल हुने छ ।

केन्द्र र प्रदेश दुबै तहको सरकारबीच समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश समन्वय परिषद्को व्यवस्था गरिएको छ ।

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु