गृहपृष्ठ कांग्रेस : महासमिति बैठकको तयारी पूरा, एक करोडभन्दा माथि खर्च नगर्ने
कांग्रेस : महासमिति बैठकको तयारी पूरा, एक करोडभन्दा माथि खर्च नगर्ने
यही मंसिर २९ गतेदेखि हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठकको तयारी पूरा भएको बताइएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्त विश्वप्रकास शर्माले यस्तो जानकारी दिएका हुन् । समितीको बैठकमा १, २, ३ गते चरणबद्धरुपमा छलफल हुने उनले बताए ।
नेपाली कांग्रेसको महासमितिको बैठक महाधिवेशनपछि दोस्रो निर्णयक समिति हो । यो बैठकमा १६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक तथा स्वयम् सेवकहरुको सहभागीता हुने सर्माले जानकारी दिए । नेपाली कांग्रेसको इतिहासमा यो पटक नयाँ ढङ्गले यो महासमिति बैठक गरिने शर्माले बताए । ‘आर्थिक व्यवस्थापनमा कुनै पनि किसिमको चन्दा उठाइएको छैन,’ शर्माले भने, ‘कसैले चन्दा उठाएको पाउनु भयो भने खबर गर्नु होला ।’
बैठकमा ७७ वटै जिल्लाबाट प्रतिनिधिहरु आउनेछन् । सबै प्रतिनिधिहरुले कार्यक्रममा बाहेक खाने र बस्ने व्यवस्था आँफै गर्नुपर्ने कार्यक्रम संयोजक सरोज बानियाले जानकारी दिए । कार्यक्रमा १ करोड भन्दा माथि खर्च नगर्ने पनि बाँनियाले बताए ।
प्रकाशित समय १८:५१ बजे

















