गृहपृष्ठ कमल थापाले सुर्खेत पुगेर भने- सरकार असफल भइसक्यो
कमल थापाले सुर्खेत पुगेर भने- सरकार असफल भइसक्यो
फाइल तस्बिर
राप्रपा अध्यक्ष कमल थापाले दुई तिहाईको सरकार असफल भइसकेको टिप्पणी गरेका छन् । पार्टीको कामले सुर्खेत पुगेका अध्यक्ष थापाले गठन भएको एक वर्ष पुग्न लाग्दा समेत जनताले सरकार भएको आभास गर्न नसकेको उनको दावी थियो ।
‘संसदीय अभ्यासमा दुई तिहाई विरलै पाइने हुन्छ, सरकार दुई तिहाईको छ,’ उनले भने, ‘तर, जनताले अपेक्षा गरेका कुनै पनि कुरा पूरा हुन सकेका छैनन् ।’ उनले दुई तिहाई सरकार असफल हुनु भनेको व्यवस्था, पार्टी र सरकारको नीति असफल भएको ठहर आफ्नो पार्टीले गरेको उनले बताए ।
उनले सरकारको गलत नीति, गैरजिम्मेवारीपन, व्यवस्था र नीतिको कमजोरीका कारण जनताले अपेक्षा गरेका सामान्य परिवर्तन पनि हुन नसकेको उनको जिकिर थियो ।
प्रकाशित समय १५:१७ बजे

















