गृहपृष्ठ सांसद लिङ्देनले भने १० लाख मागेको ठाउँमा १ करोड १० लाख पठाइयो

सांसद लिङ्देनले भने १० लाख मागेको ठाउँमा १ करोड १० लाख पठाइयो

rajendra lingden newskarobar

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र लिङ्देनले १० लाख रूपैयाँ माग गरिएको स्थानमा १ करोड १० लाख पठाइएको टिप्पणी गरेका छन् । संसदको शून्य समयमा लिङ्देनले यस्तो बताएका हुन् ।

लिङ्देनले संसदमा भनेअनुसार उनले यस विषयमा मन्त्रीलाई सोधेका थिए तर जवाफ पाएनन् । तराई/मधेस समृद्धि कार्यक्रमअन्तर्गत यस्तो भएको उनले बताए । ‘जहाँ १० लाख माग गरिएको थियो,’ उनले भने, ‘१ करोड १० लाख पठाइयो ।’

झापा-३ का सांसद लिङ्देनले आफ्नो क्षेत्रमा योजना नै योजना गएको कुराको खण्डन गरे । उनले विगतका सरकारले तय गरेका योजना लथालिंग छाडिएको उल्लेख गर्दै योजनाहरू सूचारू गर्न माग गरे ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु