गृहपृष्ठ प्रचण्ड भन्छन्- संविधान संशोधनको पहल गरिरहेको छु

प्रचण्ड भन्छन्- संविधान संशोधनको पहल गरिरहेको छु

prachanda_newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसकेन्द्रित दलहरूसँग गरेको प्रतिवद्दताअनुसार संविधान संशोधनको पहल भइरहेको बताएका छन् । सोमबार सिराहामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

तत्कालीन बाम गठबन्धन (एमाले र माओवादी केन्द्र)सँग सुविधाजनक बहुमत हुँदा हुँदै पनि मधेसकेन्द्रित दलसँग सहमति गरी दुई तिहाई बहुमतको सरकार गठन गरिएको थियो । त्यसरी मधेसकेन्द्रित दलसँग सहमति गर्न प्रचण्डले अग्रसरता लिएका थिए । सोही सम्झौताकै प्रतिफलस्वरूप संघीय समाजवादी फोरम नेपाल अहिले सरकारमा सहभागी भएको छ भने राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गरिरहेको छ ।

सोमबार सिराहामा सोही विषयमा प्रचण्डले आफूले संविधान संशोधनको पहल गरिरहेको बताए । मधेस केन्द्रित दलसँग भएको सहमति अनुसार संविधान संशोधनको पहल भइरहेको प्रचण्डको भनाइ थियो ।

प्रकाशित समय १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु