गृहपृष्ठ संसदमा नेकपा सांसदको व्यंग्य- कांग्रेसलाई ‘पशुपति’ले रक्षा गरून्

संसदमा नेकपा सांसदको व्यंग्य- कांग्रेसलाई ‘पशुपति’ले रक्षा गरून्

‘पुरस्कार दिने सांसदले यहाँ गीत गाउनुभए उहाँलाई एक महिनाको तलब दिन्छु’

jhapat_rawal

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरेपछि नेकपाका सांसदले त्यसउपर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

सोमबारको बैठकमा नेकपाका सांसद झपट रावलले कांग्रेसलाई भगवान पशुपतिले जोगाउन नसकेको उल्लेख गर्दै गायक पशुपतिले जोगाउन् भनी टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला यीनै गायकले ‘जापान पनि यही अमेरिका पनि यही’ भन्ने गीत गाएको सांसद रावलले स्मरण गरे । उनले अहिले भने उनै गायकले सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेको टिप्पणि गरे ।

‘यसमा मैले अज्ञानता वा नियत भन्ने ठानेको थिएँ,’ सांसद रावलले सोमबार संसद बैठकमा भने, ‘प्रतिपक्षी सांसद (अमरेश सिंह)ले यही गीतलाई पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ ।’

सरकारले गीतमा प्रतिबन्ध नलगाएको जानकारी दिँदै भने, ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यहीँ गीत गाउनु भयो भने उहाँलाई मेरो एक महिनाको तलब दिने घोषणा गर्न चाहान्छु ।’

 

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु