गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

nepali_congress

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठक साँझ ५ बजेसम्म पनि बस्न नसकेपछि स्थगित भएको छ ।

केही समय पहिले काठमाडौंमा सम्पन्न महासमिति बैठकले जनाएको प्रतिवद्धता कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएपछि बैठक स्थगित भएको बताइएको छ । कांग्रेस केन्द्रीय समितको अर्को बैठक आइतबार विहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु