गृहपृष्ठ कर्णालीको हिउँदे अधिवेशन बुधबारदेखि, के छन् एजेण्डा ?
कर्णालीको हिउँदे अधिवेशन बुधबारदेखि, के छन् एजेण्डा ?
फाइल तस्बिर
कर्णाली प्रदेशको तेस्रो अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । गत जेठ ११ गते दोस्रो अधिवेशनको पहिलो बैठक बसी कात्तिक १८ गते ४१ औं बैठकपछि वर्षे अधिवेशन सकिएको थियो ।
करिब पाँच महिनापछि हिँउदे अधिवेशन बुधबार फाल्गुन १५ गते दिउँसो १ बजे बस्ने कर्णालीस्थित प्रदेश संसद सचिवालयका सचिव विनोद अमात्यले बताए । बैठकमा बुधबार दुईवटा विधेयक टेबुल हुने र संसदीय दलको नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
उनले भने, ‘विपक्षी र सत्ता पक्षका दलको नेताले बैठकमा बोल्ने कार्यक्रम रहेको छ । त्यस्तै दुईवटा विधेयक समेत टेबुल हुनेछन् ।’
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दुईवटा विधेयक बैठकमा टेबुल गर्नेछन् । कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ बैठकमा टेबुल हुने र त्यसको सैद्दान्तिक छलफलका लागि भोली नै मिति तोकिने कार्यक्रम रहेको सचिव अमात्यले जानकारी दिए ।
प्रकाशित समय १९:०८ बजे

















