गृहपृष्ठ राष्ट्रपति भण्डारीले टुँडीखेल आएर मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिने
राष्ट्रपति भण्डारीले टुँडीखेल आएर मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिने
बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलमा पुगेर अन्तिम श्रद्धाञ्जली दिने भएका छन् ।
बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । बुधबारै शव काठमाडौ ल्याउने तयारी गरिए पनि प्रतिकुल मौसमका कारण बिहीबार मात्र शव काठमाडौं ल्याइएको थियो ।
हेलिकप्टरबाट शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । पोष्टमार्टम सकिएपछि टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलीका लागि शव राखिनेछ ।
प्रकाशित समय १५:३५ बजे

















