गृहपृष्ठ दाङका शान्तिनगरमा फैलिएकाे झाडापखला बिरामी बढ्दाे
दाङका शान्तिनगरमा फैलिएकाे झाडापखला बिरामी बढ्दाे
दाङ- दाङको शान्ति नगरगाउँपालिकामा सोमबार ३ सय २८ जना झाडापखलाका बिरामी थपिएका छन् । एक्कासि फैलिएको झाडापखला नियन्त्रणमा आएको भनिएपनि उपचारका लागि आउने प्रभावितहरूको संख्या दिनदिनै बढिरहेको छ । सोमबर चिरेघाट स्वास्थ्य चौंकीमा उपचार गराउन आएका झाडापखलाका ३ सय २८ जना बिरामी मध्य ३ जनाको उपचार भइरहेको छ ।
उपचार गराउनेमा चिरेघाट प्रहरी चौंकीका इन्चार्ज भरतनाथ योगी समेत रहेका छन् । योसँगै झाडापखालबाट प्रभावित हुनेको संख्या १ हजार ५४८ पुगेको छ ।
रोग प्रभावित क्षेत्रमा पुगेर सोमबार पनि राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला जनस्वास्थ्य कार्यलय, नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डा तुलसीपुर, उपक्षेत्रीय अस्पताल घोराही, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङबाट गएको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरिरहेका छन् ।
स्वास्थ्य चौकीमा बिरामी राख्ने शøया नभएपछि भुइँमा राखेर उपचार गरिएको स्वास्थ्य चौकीका इन्चार्ज हरि पुनले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले स्थानीय खानेपानीको मुहानमा इकोली ब्याक्टेरीयाको मात्रा अत्यधिक भएका कारण झाडापखलाको प्रकोप फैलिएको बताएको छ । पानीको परिक्षण गरेपछि यस्तो निष्कर्षमा पुगेको जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए । बढ्दो गर्मीसँगै विभिन्न माहामारी फैलिन सक्ने भन्दै त्यसलाई रोक्न पुग्नेजति औषधिको भण्डारण गर्नुका साथै र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको पोख्रेलको भनाइ छ ।
प्रकाशित समय ०९:१५ बजे

















