गृहपृष्ठ भ्रष्टाचार मुद्दामा मुछिएपछि स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

भ्रष्टाचार मुद्दामा मुछिएपछि स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं- स्पेनका प्रधानमन्त्री मारियानाे  राेजायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ ।

प्रधानमन्त्री मारियानाे राेजायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।

अविश्वासको प्रस्तावमा अाज मतदान हुने बीबीसीले जनाएको छ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६ भोट चाहिन्छ । राेजायसँग पिपुल्स पार्टीसँगै थियो । दादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको भोट जोड्दा १६९ मात्र पुग्ने बताइएको छ ।

त्यसैले विपक्षी सोशलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री राेजायलाई आग्रह गरेका छन् । तर पिपुल्स पार्टीका महासचिव सोशलिस्ट पार्टीका महासचिव मारिया डोलोरसले भने प्रधानमन्त्री राेजायले राजीनामा नदिने बताएको बीबीसीमा उल्लेख छ ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु