गृहपृष्ठ खहरे खोलामा बाढी : एकै परिवारका ५ जनाको मृत्यु
खहरे खोलामा बाढी : एकै परिवारका ५ जनाको मृत्यु

बझाङ । खहरे खोलाले बगाउँदा बझाङमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
शनिबार राति आएको अविरल वर्षापछि थलारा गाउँपालिका–४ को खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०८:५१ बजे

















