गृहपृष्ठ जेठ २ मा मातृभाषा पत्रकारिता सम्मेलन

जेठ २ मा मातृभाषा पत्रकारिता सम्मेलन

काठमाडौं । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले यही जेठ २ गते बुधबार राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहयोगमा नेपाल पर्यटन बोर्डको सभाहलमा सो सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा नेपाल भाषा लगायत विविध भाषाको पत्रकारिताको इतिहास, अहिले भोग्नुपरिरहेको समस्या, राज्यले गर्नुपर्ने कार्यहरु समेटिएको कार्यपत्र प्रस्तुत गरिने पत्रकार दबूका उपाध्यक्ष एवं कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई समेटिएर पुस्तक प्रकाशन गर्ने पनि दबूले जनाएको छ । ‘संघीय संरचनामा सञ्चार क्षेत्रको पुनःसंरचना गर्दा समावेशी पत्रकारिता र त्यसको एक मुख्य आधारको रुपमा मातृभाषाको पत्रकारिता फस्टाउने, प्रर्वद्धन गराउने नीति तय गराउने उद्देश्यले यो सम्मेलन गर्न लागेका हौं ।’ संयोजक श्रेष्ठले भने ।
सञ्चार सम्बद्ध संस्था समावेशी बन्नुपर्ने र जातीय, क्षेत्रीय, लैङ्गिक हिसाबले सञ्चार गृह, समाचार कन्टेन्ट समावेशी हुनुुपर्नेसंगै मातृभाषाको पत्रकारितालाई प्रर्वद्धन गराउने दिशामा सम्मेलनले टेवा पु¥याउने पनि विश्वास पनि कार्यक्रम संयोजक श्रेष्ठले विश्वास व्यक्त गरे ।
नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य ) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो । तीन वर्ष अघि देखि उहाँको जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको पृष्ठभूमिमा सो सम्मेलन गर्न लागेको पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए
‘सम्मेलन मार्फत मातृभाषा पत्रकारिता दिवस राज्यस्तरले मनाउनुपर्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने छ ।’ अध्यक्ष महर्जनले भने ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु