गृहपृष्ठ जापान समाज बिहुँकोटद्वारा ६०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जापान समाज बिहुँकोटद्वारा ६०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जापान समाज बिहुँकोट बागलुङले जिल्लाका ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई समाजले शैक्षिक सामग्री वितरण गरेको हो ।
समाजले झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरेको छ । चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको समाजले जनाएको छ । अमर, नवयुवक, करलिम, ग्राम विकास, भीमसेन, खोलातिर, बालविकास, प्रजातन्त्रलगायतका १२ आधारभूत विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् ।
जापानमा क्रियाशील संस्था बिहुँकोट समाज जापानले स्थापना गरेको परोपकार अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ । समाजले गाउँमा सेवामूलक कार्य गर्न १ करोडको अक्षयकोष स्थापना गरेको छ ।
प्रकाशित समय ०७:१६ बजे

















