गृहपृष्ठ मलेसियामा पक्राउ परेका नेपाली कलाकार छुटाउन दूतावास क्रियाशील
मलेसियामा पक्राउ परेका नेपाली कलाकार छुटाउन दूतावास क्रियाशील
मलेसियामा सांगीतिक कार्यक्रममा सहभागी हुन गएका बेला पक्राउ परेका तीन नेपाली कलाकारलाई छुटाउन नेपाली दूतावासले पहल थालेको छ । बिहीबार गैरकानुनी रुपमा सांगीतिक कार्यक्रम सञ्चालन गरेको भन्दै मलेसिया प्रहरीले सञ्चालक र कलाकार गरी २९ जनालाई पक्राउ गरेको थियो ।
इदको बिदाका कारण मलेसियाली सरकारी कार्यालय बन्द रहेकाले पक्राउ परेको र पहलका लागि कदम चाल्न कठिनाइ भएको जनाएको छ । विदेशमा हुने सांगीतिक कार्यक्रममा जान कलाकारको होडबाजी नै चल्ने गरे पनि आफू सहभागी हुने कार्यक्रमबारे विस्तृत जानकारी नराख्ने प्रवृत्तिले नेपाली कलाकार समस्यामा पर्ने गरेका छन् ।
प्रकाशित समय १६:२१ बजे

















