गृहपृष्ठ एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा वेदराजको उम्मेदवारी
एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा वेदराजको उम्मेदवारी
टेक्ससका वेदराज बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिका क्षेत्रका गैरआवासीय नेपालीका साझा मुद्दा बोकेर उनले उपसंयोजकमा उम्मेदवारी दिन लागेका हुन् ।
बस्नेतले दुई कार्यकाल एनआरएनए अमेरिकाको कोषाध्यक्ष भएर काम गरेका छन् । एक कार्यकाल सोही क्षेत्रबाट आईसीसी सदस्य चुनिएका छन् । उनी हाल एनआरएनएका केन्द्रीय सदस्य छन् ।
प्रकाशित समय ०७:३६ बजे

















