गृहपृष्ठ रोनाल्डो र डाइकलाई पछि पार्दै मेस्सी फिफा वर्ष खेलाडी
रोनाल्डो र डाइकलाई पछि पार्दै मेस्सी फिफा वर्ष खेलाडी
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सी उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । मेस्सीले २०१८-०१९ को सेसनमा ५८ खेलबाट ५४ गोल गरेका थिए ।
त्यस्तै वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड भने लिभरपुलका जोर्गेन क्लोपले जितेका छन् भने महिलातर्फको अवार्ड जिल एलिसले हात पारिन् ।
प्रकाशित समय ०७:२५ बजे

















