गृहपृष्ठ विश्‍वभरका ४२८३ जना नेपाली कोरोनामुक्त, १९ देशमा २९३ जनाको निधन

विश्‍वभरका ४२८३ जना नेपाली कोरोनामुक्त, १९ देशमा २९३ जनाको निधन

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ । समितिका अनुसार कोरोना भाइरसका कारणले हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४, युकेमा ६९ र भारतमा ४० जना नेपालीको निधन भएको हो ।भारतमा निधन भएका ४० मध्ये १० जना महिला भएको नयाँ दिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा. सागर पौडेलले जानकारी दिएको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, युके, युएई, कतार, साउदी अरब र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्वे पनि थपिएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने तीमध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

प्रकाशित समय १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु