गृहपृष्ठ कोरिया जाने प्रक्रिया तत्काल सुरु हुँदै, रोस्टरमा रहेकाहरूको अवधि ६ महिना थपियो
कोरिया जाने प्रक्रिया तत्काल सुरु हुँदै, रोस्टरमा रहेकाहरूको अवधि ६ महिना थपियो
कोरोनाभाइरस महामारीका कारण अवरुद्ध बनेको कोरिया जाने प्रक्रिया छिट्टै सुरु हुने भएको छ । कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बसेकाहरूको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको कोरियाली मानव संशासन विभागले जनाएको छ ।
कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली ईपीएस माध्यमबाट कोरिया जाने सम्पूर्ण प्रक्रियासमेत स्थगित गरिएको थियो । बुधबार प्रवासी श्रमिक युनियन (एमटीयू) र केसीटीयूले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशक लगायतसँग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल गरेका थिए । छलफलपछि ६ महिना रोस्टर अवधि बढाउने र रोकिएको प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटीयूका अध्यक्ष उदय राईले जानकारी दिए ।
प्रकाशित समय १०:४५ बजे

















