गृहपृष्ठ पोर्चुगलमा कोरोनाबाट नेपाली युवकको मृत्यु

पोर्चुगलमा कोरोनाबाट नेपाली युवकको मृत्यु

कोरोना संक्रमणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोरोना संक्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

कोरोनाको कारण ज्यान गुमाउने उनी छैठाैं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोरोनाका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या दुई भएको छ । राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु