गृहपृष्ठ पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण
पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण
फाइल तस्बिर ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पुर्याउने ध्येयले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।
शनिबार आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए ।
महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सबै लाग्नुपर्ने बताएका छन् ।
प्रकाशित समय ०८:०४ बजे

















