गृहपृष्ठ कर्णाली प्रदेशले राख्यो भारतबाट आएका १०२ जनालाई क्वारेन्टाइनमा
कर्णाली प्रदेशले राख्यो भारतबाट आएका १०२ जनालाई क्वारेन्टाइनमा
फाइल तस्बिर
भारतबाट आएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राखेको छ ।
प्रदेश ५ का विभिन्न नाकाहरूमा अलपत्र परेका १०२ जना नागरिकलाई सरकारले उद्धार गरी क्वारेन्टाइनमा राखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
उनले राजधानी वीरेन्द्रनगरमा निर्माण गर्न लागिएको ४ सय शैय्या क्षमताको क्वारेन्टाइन निर्माणमा केहि ढिलाइ भएकोले स्थानीय अशोका होटेल र सहकर्मी समाज नेपालको भवनमा राखिएको बताए ।
उनका अनुसार होटेल अशोकामा ५७ जना र सहकर्मी समाज नेपालको भवनमा ४५ जनालाई राखिएको छ ।
प्रकाशित समय १६:१८ बजे

















