गृहपृष्ठ राहतमा र्‍याल ! कुहिएको दाल वितरण गरेको अभियोगमा मेयर पक्राउ

राहतमा र्‍याल ! कुहिएको दाल वितरण गरेको अभियोगमा मेयर पक्राउ

कालोबजारी ऐनअन्तर्गत दर्ता भएको मुद्दामा अनुसन्धान गर्ने क्रममा कलैया उपमहानगरपालिकाका मेयरलाई प्रहरीले पक्राउ गरेको छ । मेयर राजेश राय यादवलाई मंगलबार नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उपमहानगरपालिकाका विभिन्न वडामा राहतमा कुहिएको दाल वितरण गरेपछि प्रहरीमा उजुरी दर्ता भएको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका लागि मेयर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

३ सय ८० बोरा दाल दाल रहेकाे कलैया उपमहानगरपालिका- ७ स्थित यादव कोल्ड स्टोरलाई प्रहरीले शिल गरेको छ । खाध प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला हेटाैँडामा नमूना परीक्षण गर्दा दाल गुणस्तहीन रहेको प्रमाणित भएको थियो ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु