गृहपृष्ठ कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित
कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित
कर्णाली प्रदेशमा थप २७ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेशका ६ र सुदुरपश्चिमका एक गरी सात जिल्लाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा सुर्खेतका ११, दैलेखका २, अछामका २, कालिकोटका ३, हुम्लाका १, मुगुका २ र जाजरकोटका ६ जना गरी २७ जनाका कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हालसम्म कर्णाली प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या १ हजार ८ सय ५१ पुगेको छ ।
प्रकाशित समय १८:१५ बजे
















