गृहपृष्ठ कर्णाली प्रदेशसभा : नेकपा संसदीय दलको बैठक मंगलबार

कर्णाली प्रदेशसभा : नेकपा संसदीय दलको बैठक मंगलबार

कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबार बस्ने तय भएको छ । दलको प्रमुख सचेतक सांसद गुलाबजंग शाहले दिउँसो १ बजेका लागि दलको बैठक बोलाएका हुन् ।

दलका नेता विरुद्धमा अविश्वासका प्रस्ताव परेपछि उनले आवश्यक छलफलका लागि बैठक बोलाएको बताए । शाहले विधानमा भएको व्यवस्थाअनुसार पन्ध्र दिन भित्रमा बैठक बोलाउनुपर्ने भएकाले बैठक बोलाई छलफलको तयारी गरेको जानकारी दिए ।

अविश्वासको प्रस्तावमा सहमति जनाएका सांसद सुशील थापाले सरकारका कामप्रति जनताको विश्वास घट्दै गएको अवस्थामा पटक-पटक मौखिक रुपमा राजीनामा दिन सुझाए पनि दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नमानेकाले विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गराएको बताए ।

‘संघीयताअनुसार सरकारले काम गर्न सकेन, बजेट निर्माण र कार्यान्वयनमा निर्णय भए पनि सम्बन्धित जिल्लाका सांसदहरुसँग समन्वय नहुने, ठुलो लडाईबाट प्राप्त भएको प्रदेशका नागरिकका धेरै अपेक्षालाई कुल्चिँदै वेवास्ता गर्दै सरकार मनोमानी ढंगले अगाडि बढ्यो,’ प्रस्ताव दर्ता गर्नुको कारणबारे थापाले भने ।

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु