गृहपृष्ठ डोटी : तीन छोराछोरीसहित किन नदीमा हाम फालिन् धौली ?
डोटी : तीन छोराछोरीसहित किन नदीमा हाम फालिन् धौली ?
डोटीको एउटा गाउँमा एक परिवारका चारै जना सेती नदीमा हाम फालेका छन् । आदर्श गाँउपालिका ४ बस्ने बमबहादुर बोहराकी श्रीमती २८ वर्षिया श्रीमति धौली, १२ बर्षिया छोरी राधीका, ८ बर्षिय छोरा सुरेन्द्र र ६ बर्षिय छोरा सुनिलसहित सेती नदीमा हाम फालेकी हुन् ।
सेतीमा हाम फाल्ने मध्ये ६ बर्षिया सुनिललाई नदिमा माछा मार्दै गरेका स्थानीय मानवहादुर विकले बचाए भने तीनजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख डिएसपी लालबहादुर धामीले जानकारी दिए ।
धामीका अनुसार यो घटना श्रावण १ गतेको हो । तर, प्रहरीमा ढिलो गरी खबर आएको थियो । ‘हामीले श्रावण ३ गते बेलुकी मात्र यसबारे थाहा पायौँ र अनुसन्धान अघि बढाएका छौँ ।’ धामीले न्युज कारोबारसँग भने ।
केहि समय अघिदेखी धौलीको मानसिक अवस्था ठीक नरहेको बताइएको छ । भारतमा काम गर्ने धौलीका श्रीमान् १५ दिन अघिमात्र घर आएका थिए । घटना कसरी र किन भयो भन्ने बारेमा अहिलेसम्म प्रहरीले कुनै जानकारी नपाएको धामीले बताए । श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।
प्रकाशित समय ११:५४ बजे

















