गृहपृष्ठ ७० किलो गाँजासहित पक्राउ परे दुईजना

७० किलो गाँजासहित पक्राउ परे दुईजना

७० किलो गाँजासहित मकवानपुरबाट पर्सा जाँदै गरेको टाटासुमोलाई सोलकपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा राखिएको ना १ ज २४ ९३ नम्बरको गाडीसँगै पर्सागढी ३ का गोविन्द चौधरी र पर्सागढी ९ का दिनेश दास थारुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले न्युज कारोबारलाई जानकारी दिए ।

जाँचका क्रममा शंकास्पद बोरा फेला देखेपछि प्रहरीले खोलेर हेरेको थियो । नियन्त्रणमा रहेको ७० किलो गाँजा र दुईजनालाई पर्सा प्रहरी कार्यालयमा राखिएको छ । अहिलेसम्म गाँजा कसको र कहाँसम्म लान लागेको हो भन्ने कुरा थाहा भइनसकेको र अनुसन्धान भइरहेको एसपी ढकालले जानकारी दिए ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु