गृहपृष्ठ प्रकाण्डलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
प्रकाण्डलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
फाइल तस्बिर
नुवाकोट प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई एक हप्ता थुनामा राख्ने म्याद मागे पनि जिल्ला अदालतले तीन दिनमात्र थुनामा राख्न आदेश दिएको छ ।
सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै अर्काे मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई नुवाकोटस्थित जिल्ला अदालतले तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।
प्रकाण्डमाथि नुवाकोटको बेलकोटगढी–९ मा दुई स्काभेटर जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट लगिएको थियो । पक्राउबारे प्रतिक्रिया दिँदै प्रकाण्डले राजनीतिक प्रतिशोधले आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए ।
प्रकाशित समय १७:४२ बजे

















