गृहपृष्ठ आईसीयूबाटै पक्राउ परे बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’
आईसीयूबाटै पक्राउ परे बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’
बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।
पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ । सुनसरीको चतरास्थित आश्रममै कृष्णदासले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीसमक्ष उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । सोलुखुम्बुमा जन्मिएर सुनसरीको चतरामा बस्दै आएका उनको वास्तविक नाम कृष्णबहादुर गिरी हो ।
उनले उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीहरुलाई समेत प्रभावमा पारेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू महाराजबाट प्रभावित भएको भन्दै प्रशंसा गरेका थिए ।
प्रकाशित समय ०८:१७ बजे

















